धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ बाट प्रहरीले एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी बरगाछीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोही ठाउँका २४ वर्षीय आशिष राईलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको कोठामा खानतलासी गर्दा कोठाबाट विभिन्न नामका लागूऔषधका ट्याब्लेट बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न नामका ७ सय ३८ ट्याब्लेट लागूऔषध बरामद गरेको हो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।