श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ५ गते बिहीबार, २१ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको त्रयोदशी तिथि १२ः४६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र तिष्य ०१ः११ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३८ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हड्बडले काम बिग्रनेछ । सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा त्यति समय दिन नसकिएला। सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रचनात्मक काम प्रारम्भ गर्ने समय छ।  पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।     

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ।