श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ४ गते बुधबार, २० अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको द्वादशी तिथि १४ः१० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वशु  ०१ः३८ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। कामबाट प्रतिष्ठा पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । प्रतिष्ठित काम गर्दै इनाम कमाउने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काम प्रारम्भ गर्ने समय छ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।    

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।