नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ १ गते सामाजिक सञ्जाल फेसबुकमा डा. रामेश कोइरालाका बारेमा आएका समाचारहरुको विषयका तथ्यलाई चिर्ने उद्देश्यले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जनाले आवेदन दिएको भनी उल्लेख गरेका थिए ।
मैले गरेको तथ्यजाँचमा उक्त दाबी सत्य नरहेको पाइयो ।
के हो दाबी ?
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. रामेश कोइराला विदेश गएको सन्दर्भमा मिडियाहरुमा आएको विषयलाई चिर्नका लागि सामाजिक सञ्जाल फेसबुकको आफ्नै पेजमा निकै लामो स्टाटस लेख्दै बुँदागत रुपमा प्रस्ट पार्ने क्रममा चौथो बुँदामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जनाको आवेदन परेको दाबी गरेका थिए । मिडियाहरुले सत्य नबुझी डा. रामेशको पक्षमा लेखेको भनी नेता विश्वकर्माले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
उनको स्टाटसको स्क्रिन सट
हेर्नुहोस् अर्काइभ
धरानवासीको हैसियतमा उनले डा. रामेश र उपकुलपतिमा नियुक्त भएका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ काम, कार्यानुभव, समयावधि आदिका हिसाबमा बराबरी हैसियत राखेको भनी उल्लेख गरेका छन् । ती विषयमा यहाँ फ्याक्ट चेक गरेको छैन । खालि उनले बीपी प्रतिष्ठानमा १५ जनाले आवेदन दिएको भन्ने विषयलाई लिएर फ्याक्ट चेक गरिएको छ ।
यो तथ्यजाँच तयार पार्दासम्म उनको पोस्टमा ४११ लाइक, १२७ कमेन्ट र ४८ वटा सेयर भएका छन् ।
के हो तथ्य ?
उनले गरेको दाबीका आधारमा मैले त्यो समयमा प्रकाशित समाचारहरुको गुगल एडभान्स सर्चमार्फत खोजी गरेँ । थुप्रै अनलाइनहरुमा ५५ जनाले आवेदन दिएको भनी समाचारहरु आए । ती अनलाइनहरुमध्ये नेपाल खबर डटकम, स्वास्थ्य आवाज डटकम र दृष्टि न्यूज डटकममा पनि प्रस्टसँग १३ जनाको आवेदन परेको उल्लेख गरिएको छ ।
नेपाल खबर डटकमको स्क्रिन सट
हेल्थआवाज डटकमको स्क्रिन सर्ट
दृष्टिन्यूज डटकमको स्क्रिन सर्ट
जसमध्ये केही अनलाइनहरुको अर्काइभहरु यहाँ उल्लेख गरिएको छ ।
https://web.archive.org/save/https://www.drishtinews.com/archives/398695
https://web.archive.org/save/https://www.swasthyaawaj.com/detail/828
यस विषयमा थप प्रस्ट हुनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीलाई फोनसम्पर्क गरी जानकारी लिँदा उपकुलपति पदमा १३ जनाको मात्रै आवेदन परेको भनी म्यासेज तथा कुराकानीमा बताएका छन् ।
तसर्थ नेता विश्वकर्माले गरेको दाबी मिथ्या सूचना हो ।
दाबी : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जनाको आवेदन परेको थियो ।
दाबी कर्ता : नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा
तथ्य : मिथ्या सूचना । विभिन्न अनलाइन समाचार तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले समेत १३ जनाको आवेदन परेको खुलाइसकेका छन् ।