धरान । परिवर्तनका लागि सामाजिक अभियान धरानको सामाजिक स्वास्थ्य क्लिनिकमा ४७ जना लाभान्वित भएका छन् ।
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विगत तीन वर्षदेखि पाक्षिक रूपमा गरिँदै आएको क्लिनिकमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त साहले जाँच गर्दै आइरहेका छन् । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार शनिबारको क्लिनिकमा धरानका विभिन्न वडाका ४७ जना बिरामीहरूले सेवा लिएका छन् । उनले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कार्यक्रम गर्दै आएको बताए ।
७० वर्षभन्दा माथिका नागरिकहरूलाई विशेष प्राथमिकताका साथ हेरिँदै आएको छ भने मुटुसम्बन्धी समस्या भएका बिरामीहरूलाई पनि हेरिँदै आएको छ । क्लिनिकमा उच्च रक्तचाप, मधुमेह तथा औषधि वितरण गरिँदै आएको छ ।