श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८२ साल साउन ३१ गते शनिबार, १६ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको अष्टमी तिथि ०९ः५० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी ११ः०३ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । थालेको काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ ।     

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै सम्मान प्राप्त हुनेछ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। यात्रा गर्दा मालसामानको सुरक्षामा ध्यान दिनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विश्वास नलागेको कामसमेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला।