वराहक्षेत्र । जबरजस्ती करणी र बालयौन दुव्र्यवहार घटनामा उदयपुरमा दुई जना पक्राउ परेका छन् ।
७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिकाको वडा ११ स्थित बरुवाटारबाट ४५ वर्षीय शुभराज राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।
साउन १४ गते भएको घटनाका आरोपी राईलाई उनको आफ्नै घरबाट यही साउन २५ गते पक्राउ गरिएको डिएसपी दोङले जानकारी दिए ।
यसैगरी सोही दिन प्रहरीले उक्त वडाको साकेला टोल बस्ने २२ वर्षका सागर परियारलाई पक्राउ गरेको छ । १६ वर्षीया एक बालिकालाई बालयौन दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपी दुवैलाई जिल्ला अदालतवाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।