श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २९ गते बिहीबार, १४ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको पञ्चमी तिथि ०५ः५३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती ११ः३० बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गरे लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोचेको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ।