नेपालको काठमाडौँ देखि सन् २०११ मा सुरुवात गरिएको साइक्लिङ केही वर्ष अगाडि सुरू भएको हो । यस इभेन्टमा राइडर्सहरू नगरको धार्मिक तथा पर्यटकीय स्थलहरूको चेक पोइन्ट बनाएर साइकल र्याली गरिने प्याडलर्स धरानले जनाएको छ ।
राइड साइकलिङ भनेको नेपालमा एउटा ठूलो च्यारिटी राइडको रूपमा रहेको अध्यक्ष किशन मास्केले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए । धरानमा पनि कोरा राइड सन् २०१७ देखि प्रत्येक वर्ष मनाउँदै आइरहेको छ ।
२०२४ देखि यस कार्यक्रमलाई पेडलर्स धरानले आयोजना गर्दै आइरहेको छ । यस वर्ष नेपाल का बिभिन्न सहरहरू बाट २०० भन्दा बढी राइडर्सहरू सहभागी हुने अध्यक्ष मास्केले जानकारी दिए ।
धरान-२, भानुचौकबाट सुरु भई साकेला पार्क धरान १७ मा समापन हुने भएको छ । रेलीको दुरी ३२ कि.मि.को हुने भएको छ । कार्यक्रम साउन ३१ गते हुने कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।