धरान। सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र एक ठेकेदार र एक कामदारको शव भेटिएको छ।

मृतकहरू दुहबी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई हुन्। तामाङले घर निर्माणको ठेक्का लिएका थिए भने राई उनको कामदार थिए।

यो घटना आज बिहान करिब १० बजे दुहबी-४ को शिव मन्दिर चोकमा भएको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले मृत्युको कारण पत्ता लगाउन र थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली पनि बोलाइएको छ।