श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २८ गते बुधबार, १३ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको चतुर्थी तिथि ०८ः०२  बज्सम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्र १२ः५५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

फाइदाका लागि केही त्याग्नुपर्ने हुनसक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला । तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय र बुद्धि खर्चनु पर्ला। बाध्यताले अलमल्याउन सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गरे लाभ हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । पछिलाई फाइदा हुने काम हातलागी हुनसक्छ ।