श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन ३० गते शुक्रबार, १५ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको सप्तमी तिथि ०१ः०६  बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्विनी ०९ः५५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४०बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्दले काममा बाधा पु¥याउन सक्छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सञ्चित रकमको उपयोगले लाभ मिल्नेछ।विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्।