श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २ गते सोमबार, १८ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको दशमी तिथि १७ः५८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा ०६ः३५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नै निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। लक्ष्यमा पुग्न समस्या पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नुका साथै अर्थअभावले बनिसकेको काम दोहो¥याउनु पर्ला। केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। बुद्धिको उपयोग गर्दा फाइदा हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ।