श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ३ गते मङ्गलबार, १९ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको एकादशी तिथि १५ः५५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र आद्र्रा ०२ः२८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि( मिथुन, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन् । साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। विदेश जान चाहनेहरूलाई यात्राको साइत जुर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार बढ्नाले आयआर्जनमा सुधार हुने समय छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ। यात्रा भने रमाइलो र फलदायी हुनेछ।