शनिश्चरे / मोरङको बाहुनी लगायतका क्षेत्रमा भएका पेट्रोलखानी चाँडो उत्खनन् होस् भन्ने सन्देशका लागि जिल्लाका कलाकारहरुले दवावमुलक सामग्री निर्माण गरेका छन् । पथरीशनिश्चरेस्थित एनपीएल मिडिया प्रालि अन्तर्गतको ‘दोबाटे’ समूहले कुनैपनि बहानामा पेटेलखानी उत्खनन्को काम बन्द नहोस् भन्ने सन्देशका लागि दवावमुलक टेलिश्रृंखला निर्माण गरेको दोबाटेका निर्देशक हरेन्द्र खत्रीले बताए । ‘हामीले समसामयिक विषयवस्तुकाथि व्यंग्य प्रहार गर्ने क्रममा समग्र राष्ट्को चासोका विषयमा सन्देशमुलक हिसावले दोबाटेका विभिन्न श्रृंखलाहरु निर्माण गर्नेक्रममा यो पटक पेटेलखानीको विषय रोजेका छौं ।’– उनले भने ।
समूहले हाँस्यव्यंग्य टेलिश्रृंखला ‘दोबाटे’को ७७ औं भागका रुपमा बाहुनीको पेटेलखानीलाई केन्द्रविन्दु बनाएर नेपाली एकजुट भई नेपालमा रहेका खानीहरु निर्धक्क उत्खनन् गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यही विहीबार हिमशिखर टेलिभिजनमार्फत प्रशारण हुने ‘दोबाटे’का लागि उत्खनन् प्रक्रिया थालेर स्थगित भएको बाहुनीको पेटेलखानीस्थलमा स्थानीयको उत्साहजनक उपस्थितीमा सुटिङ सम्पन्न भएको छ । ‘देशकै चासो र देशको उन्नतीको मुख्य विषयमा कलाकारहरुले चासो राख्नुले विदेशीको हस्तक्षेप रोकेर सरकारको काममा थप सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ ।’– बाहुनीका बासिन्दाका रुपमा रहेका युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रविन थापाले भने ।
नेपाल सरकारले चिन सरकारको सहयोगमा बाहुनी सहित देशमा १० स्थानमा पेटेलियम पदार्थको सम्भावनारहेका स्थलहरुको पछिल्लो पटक अन्वेषण कार्य अगाडि बढाएको छ । एकपटक रोकिएर पुन अगाडि बढ्ने तरखरमा रहेको पेटेलखानीको कार्य कुनै पनि बहाना तथा हस्तक्षेपमा रोकिनु नहुने कुरा टेलिश्रृंखलाले जोडदार रुपमा उठाएको छ । टेलिश्रृंखलामा खानी उत्खनन्का लागि तयार गरेको अवस्थामा छिमेकीको हस्पक्षेप बढेपछि स्थानीयले हस्तक्षेप विरुद्ध एकजुट भएर समृद्धिको अभियानमा सघाएको कथा सार रहेको छ ।
भूपेन्द्र तिम्सिनाको लेखन र हरेन्द्र खत्रीको निर्देशन रहेको टेलिश्रृंखलामा भूपेन्द्र तिम्सिना, अभय पोखरेल, मात्रिका पौडेल, हरेन्द्र खत्री, सरोज तिम्सिना, प्रदीप आचार्य, समीर सुवेदी, आइन्द्र लिम्बू, अञ्जु मगर लगायत बाहुनी क्षेत्रका बालकलाकार सुशिल न्यौपाने र मौसम लिम्बूको अभिनय रहेको छ ।
२०४३ सालमा गरिएको एक अध्ययन तथा अनुसन्धानले बाहुनीमा पेट्रोलियम पदार्थ भएको पत्ता लगाई सोही सालबाटै सर्भे र ड्रिलिङको काम पनि सुरु भएको थियो । २०४५ सालमा ३ हजार ७ सय मिटर गहिराईसम्म इनार खनि पहिलो चरणको काम सकिएर बाँकी काम अगाडि बढाउने बेलामा भारतको समेत अनावस्यक हस्तक्षेप र नाकाबन्दीका कारण बन्द हुन पुग्यो ।