काठमाडौं/अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले आफू ह्वाइट हाउस छिरेकै दिन अमेरिकालाई प्रशान्त महासागरीय साझेदारी व्यापारिक सम्झौता (टीपीपी)बाट अलग गराउने घोषणा गरेका छन् । Donald-Trump-800x533 एउटा भिडियो सन्देशमार्फत यो घोषणा गर्दै उनले जनवरीमा राष्ट्रपतित्व ग्रहण गर्नेबित्तिकै पहिला के गर्ने बताएका हुन् ।टीपीपी व्यापारिक सम्झौतालाई १२ देशले हस्ताक्षर गरेका छन् जसले संसारको ४० प्रतिशत अर्थतन्त्रलाई समेट्छ । कोइला उत्पादनमा लगाइएको सीमा घटाउने अनि प्रवेशाज्ञाको दुरुपयोग रोक्ने पनि वाचा गरेका छन् । स्वास्थ्य बीमासम्बन्धी ओबामाकेयरलाई खारेज गर्ने वा मेक्सिकोको सिमानामा पर्खाल लगाउने विषयमा भने उनले केही बताएनन् । जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा र मेक्सिकोले व्यापार सम्झौतामा हस्ताक्ष्र गरेका छन् तर यसको पक्षराष्ट्र भइसकेका छैनन् । यसको लक्ष्य त आर्थिक सम्बन्धलाई गहिरो बनाउनु थियो तर यसका विपक्षीहरू यो सम्झौता गोप्य रूपमा गरिएको र ठूला कर्पोरेसनहरूको पक्षमा रहेको बताउँछन् । यो सम्झौता लागू भएपछि हस्ताक्षरकर्ता देशहरूले आफ्ना सामान अमेरिकामा निर्बाध बेच्न पाउने छैनन् । अमेरिकाले सम्झौताबाट हात झिकेपछि चीनले शून्यता भर्ने कोशिश गर्ने आँकलन गरिएको छ । बीबीसी