काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै प्रमुख अनुसन्धान अधिकृत सोहनकुमार रौनियारविरुद्ध मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी साविक भ्रष्टाचार कसुर गरेको देखिएकाले रौनियारविरुद्ध सजाय मागदाबीका साथ आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्ति पाउने तथा त्यसै कार्यालयको सहायक निरीक्षक, नायव निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको आयोगले जनाएको छ ।