दृष्टिविहीनको सगरमाथा धोको
- मंसिर ११, २०७३
- ब्लाष्ट खबर
बागलुङ/आगामी मे (वैशाख–जेठतिर)मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाएका छन्।
सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन ? यसअघि उनले गत वर्ष चैत ८ गते सोलुखुम्बुस्थित छ हजार छ यस ५४ मिको ‘मेरापिक’ र यसै वर्ष वैशाख ८ गते छ हजार एक सय ८६ मिको ‘आइसल्यान्ड पिक’सफल आरोहण गरि सकेका छन् ।
तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताए । “अब मात्र अर्थ कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भने । रासस