धरान/ गाउमा भएको झगडा मिलाएर फर्किरहेका गाउलेहरु चडेको जिप दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।नवलपरासीको बुलिङ्टार–८ दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको उद्धार भईरहेको छ ।नवलपरासी प्रहरीका अनुसार दलदलेबाट छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्मरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परि डाँडाझेरी छरछरेका ५२ वर्षीय खिमबहादुर बाचे,२८ वर्षीय समन्ती बाचे,४२ वर्षीय लोकबहादुर बाचे, ४० वर्षीय जयबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ ।
एक मृतकको सनाखत भएको छैन ।मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ ।
मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ ।