धरान /ब्राजिलियन फुटबलर चढेको बिमान कोलम्बियामा दुर्घटना भएको छ । फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । brazil टोलीमा चालक दलका ९ सदस्यसहित ८१ जना रहेको बताइन्छ । विमान इलेक्ट्रिक समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट कतिजना हताहत भए भन्ने बारेमा अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन् । मडेलिन नामक अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।