लहान/सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालककोे मृत्यु भएको छ । खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्र्याक्टरले किचेर यसका चालक मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो । ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका चालक यादवलाई उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस