[caption id="attachment_20538" align="alignnone" width="700"]
तस्विर: सुनिल अधिकारी[/caption]
धरान /कोशी लोकमार्ग अन्तर्गत इटहरी खण्ड तर्फको सेउती पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको छ ।
आज अन्दाजी करिव एक बजेतिर गाईमा ठोक्किएर दुर्घटना हुँदा चालक तेह्थुम म्यागलुङ ८ का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको हो । उनी इटहरीबाट आउँदै गरेका थिए । गाईमा ठोक्किएर उनी गम्भिर घाइते बनेका थिए ।
उनलाई उपचारका लागि प्रतिष्ठानको गेट ल्याइपुर्याउँदा नपुर्याउँदै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले पुष्टी गरेको प्रतिष्ठान प्रहरी पोष्टका सई तिलक गिरीले जानकारी दिए ।