Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • सीपले सक्षम बन्दै किसान

सीपले सक्षम बन्दै किसान

  • मंसिर १७, २०७३
  • ब्लाष्ट खबर

बनेपा/काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने डाँडापारीको च्याम्रेङबेँसी गाविस– २ का किसान प्रविधि र सीपका कारण सक्षम बन्दै गएका छन् ।

kisan sim बनेपाबाट करिब ३७ किलोमिटरको दुरीमा रहेको सो ठाउँका किसानले नयाँ प्रविधिको प्रयोग गरी अर्गानिक खेतीको अभ्यास गरेका छन् । “अर्गानिक खेती गरी आयआर्जन गरिरहेका छौँ,” च्याम्रेङबेँसी– २ का मखमली थापाले भने । प्रविधिको विकासले जीवनस्तर उकास्न सहयोग पु¥याएको उनको भनाइ छ । गाईवस्तुको मलमूत्रबाट जैविक विषादीको उत्पादन गरी तरकारी खेतीमा प्रयोग गरिँदै आएको छ । “कुहिने वस्तु जैविक मलमा प्रयोग गरेका छौँ नकुहिने वस्तुको व्यवस्थापन गर्न थालेका छौँ,” उनले भने । च्याम्रेङबेँसी गाविस– २ कै दण्डप्रसाद दाहालले सीमित स्रोत र साधनको प्रयोग गरेर किसानले उपलब्धि हासिल गरेको बताए । दाउरा खोज्न जङ्गल धाउनुपर्ने बाध्यताको अन्त्य भएको र गाउँगाउँमा धुवाँरहित चुलोको प्रयोग हुन थालेको दाहालको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित अर्गानिक उत्पादनको प्रमाणीकरण गरेर छुट्टै बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । यस्तै ग्रामीण प्रविधि केन्द्रका निर्देशक डा पुरुषोत्तम श्रेष्ठले खेर गएको पानीमा मत्स्यपालन गर्ने सीप र प्रविधिको नयाँ सिकाइ किसानलाई दिएर आत्मनिर्भर बनाउन खोजिएको बताए। ग्रामीण प्रविधि केन्द्रले जिल्लाको चलाल, गणेस्थान र ढुङ्खर्क गाविसमा नवीकरणीय ऊर्जा, अर्गानिकखेती लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । रासस

सम्बन्धित समाचार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई

धरान । धरान–१६ स्थित रङ्गशालामा भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प ...

अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य

धरान । निजी तथा सामुदायिक विद्यालयमा अब प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक ...

आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १५ गते आइतबार, २९ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved