कपिलवस्तु/जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले प्रदेश नम्बर ५ लाई टुक्राएको बिरोध र समर्थनमा भइरहेको आन्दोलनका असुरक्षा बढ्न सक्ने भन्दै तौलिहवामा कफ्र्य आदेश जारी गर्न सक्ने संकेत गर्दै निषेधति क्षेत्र घोषणा गरेको छ ।
एमालेको अगुवाइमा गठित संयुक्त संघर्ष समितिले सोमबार जिल्ला बन्दको आह्वान गरेका छ । जिल्ला प्रसाशन कार्यालयले सदरमुकाम तौलिहवाको प्रशासन चोकदेखि पूर्वमा बाणिज्य बैक चोकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोक सम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिमा गौढी चोक हुदै उत्तरमा भिक्षु चोकसम्म निषेधित क्षेत्र कायम गरेको छ।
स्थानीय प्रशासन २०२८ को दफा ६ को उप दफा ३ बमोजिम निषेधति क्षेत्र घोषणा गरिएको हो । सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै आइतबार साँझदेखि नै निषेधति क्षेत्र घोषणा गरिएको बताइएको छ । प्रदेश नं ५ लाई क्क्राउने प्रस्ताब सहितको संबिधान संसोधन प्रस्ताब संसदमा दर्ता भएपछि पाँच दिन देखि निरन्तर बिरोधका कार्यक्रमहरु हुदै आएका छन् ।