कल डिटेलकाे अाधारमा सँगै काम गर्ने राजु महमदलाइ साेमबार प्रहरीले पक्राउ गरेकाे छ । फाेनमा निरन्तर सम्पर्कमा रहेको देखिएपछि प्रहरी अनुसन्धान राजु केन्द्रित भएकाे थियो । प्रहरी सँगको बयानमा राजुले हत्याको कारण बताएका छन् । हत्याको कारण अनैतिक सम्बन्ध मात्र नभएर असुरक्षित यौनसम्पर्कबाट रहेको गर्भ भएको समेत तथ्य सार्वजनिक भएको छ ।
सोभिता श्रीमान्सँग बिताउने समय राजुसँग बिताउदै अाएकाे खुलेकाे थियाे । प्रहरीको प्रयास झण्डै दुई महिनासम्म निरासाजनक रहयो । सोभिताको शव भेटिएपछि प्रहरीले हत्याको प्रकृति अनुसार अनुसन्धान सुरु गर्यो । उनको हत्या घाँटीमा धारिलो हतियारले धिचेर भएको पोष्टमार्टमको रिर्पोटमा देखाएको थियो ।
प्रहरीले अनुसन्धानको सुरुवात सोभिता काम गर्ने कारखानाका कर्मचारी र अन्य स्थानीयबाट सुरु गरेकाे थियाे । कारखानामा सोधपुछ गर्दा उनको अर्कै युवकसँग अनैतिक सम्बन्ध रहेको रहस्य खुल्यो । यो रहस्य थाहा पाएपछि प्रहरीले घटनालाई त्यही बाटोबाट अनुसन्धान गर्न थाल्यो ।
राजुले प्रहरीसँगको बयानमा आफू र सोभिताबीच अवैध सम्बन्ध पश्चात उनी गर्भवती बनेपछि तनावमा आएको स्वीकार गरेका छन् । राजुले सोभितालाई गर्भपतनका विभिन्न औषधि समेत खुवाएका थिए । औषधिले पनि गर्भपतन नभएको भन्दै राजु र सोभिता दुवै तनावमा रहेछन् ।
सोही बेला सोभिताले औषधि खाए पछि पनि गर्भपतन नभएको ठानेर राजुलाई पाँच लाख रुपैंया नदिए पति विदेशबाट फर्किएपछि सबै बताइदिने धम्की दिइन् । सोभिताले धम्की दिएपछि राजु पैसा जुटाउने तनावमा केही समय भौतारिए । तर, पैसा जुटाउन नसकेपछि राजुले योजना अनुसार नै सोभिताको हत्या गरेको प्रहरीसँगको बयानमा खुलाइकाे छ ।
पैसा जुटाउन दबाबदिंदै आएकी सोभिताले गुई पोखरीमा राजुलाई थप्पड हिर्काएको रिसमा राजुले बालकुमारीबाट खरिद गरेर लगेको चक्कुले धार नभएको बोदो भागले घाँटी थिचेर मारेको तथ्य खुलेको राजुको बयान उदृत गर्दै परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने ।