धरान/इण्डोनेसियामा स्थानीय समय अनुसार साढे पाँचबजेतिर शक्तिशाली भूकम्प गएको छ । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको कारण २० जनाको मृत्यु भएको स्थानीय समाचार संस्थाहरुले बताएका छन् । कयौं मानिसहरु भत्किएका घरहरुमा फसकेका हुन सक्ने अनुमान लगाइएको छ । यस अघि स्न २००४ मा पनि ९ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । जसको कारण सुनामीसमेत आएको थियो ।

जसबाट एकलाख २० हजार बढी मानिसको मृत्यु भएको थियो ।