धरान/भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस शुक्रबार देशभरी विभिन्न कार्यक्रम गर्दै मनाइदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि हरेक वर्षको डिसेम्बर ९ तारिखलाई भ्रष्टचार विरुद्धको दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालले भने यो महासन्धीलाई सन् २०११ मा अनुमोदन गरेको थियो । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।