धरान /जन्ती बोकेको बस र कार ठोक्किँदा बारामा चार जनाको मृत्यु गएको छ ।जन्ती लिएर नारायणघाट जाँदै गरेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बाराको आधाभार जंगलमा ठोक्किएको बताइएको छ ।दुर्घटनाका कारण कारमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षीय दीपक थापा मगर, २८ वर्षीय महेन्द्र आले, सुनसरीकी २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिसको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।दुर्घटनामा तीन जना घाइते छन् । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको छ