-
Home
-
सिनेमा
-
चिसोले कठ्याङ्गिएर पर्सामा एकको मृत्यु
चिसोले कठ्याङ्गिएर पर्सामा एकको मृत्यु
- मंसिर २६, २०७३
- ब्लाष्ट खबर
पर्सा/चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ ।
गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
कामबाट घर फिर्किने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीदेखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उनले बताए ।
मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएकोे छ । रासस