धरान/सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको बेतिनीमा यात्रुबाहक ना ४ ख ७४३४ नम्बरको बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । बसमा जम्मा ९ जना सवार थिए ।
[caption id="attachment_9515" align="alignnone" width="1024"]

फाइल तस्बिर[/caption]
त्यसमध्ये गम्भिर चारजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी चिरन्जिवी कोइरालाले जानकारी दिए । गम्भिर घाइते हुनेमा उदयपुर लेखगाउ ४ की ४३ वर्षीया देवीमाया श्रेष्ठ, उनको पाँचवर्षीया छोरी इन्दिरा श्रेष्ठ, सिरिसे–१ का २४ वर्षीय जीवन बुढाथोकी, सोही ठाउँकै ४१ वर्षीय सरोजबाबु कार्की रहेका छन् ।
सामान्य घाइते हुनेमा इनामे–२ का प्रेम मोक्तान, सोही ठाउँका हिमाल मोक्तान, ओख्ले–१ का लेकबहादुर मगर, लिम्पाटार ९ का भेषबहादुर खत्री र सिरिसे–५ का सञ्जिव मगर रहेको डिएसपी कोइरालाले जानकारी दिए । मगर गाडी मालिकसमेत हुन् । चालक फरार रहेको छ ।
घाइतेहरुबाट प्राप्त जानकारी अनुसार स्ट्रिङ खराबीका कारण बस बाटोबाट ५० मिटर तल चिलाउनेको रुखमा अल्झिएको अवस्थामा दुर्घटनाग्रस्त भएको डिएसपी कोइरालाले जानकारी दिए । तर, खास कारण हालसम्म खुल्न सकेको छैन् । बस इमानेबाट कटारी आउँदै गरेको अवस्थामा मङ्गलबार अपरान्ह करिव साढे १२ बजेतिर दुर्घटनाग्रस्त भएको थियो । उक्त मार्ग सिङ्गल लेनको भए पनि एकदमै खराब रहेको बताइन्छ ।
गम्भिर घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको कटारीमा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेमा जीवन बुढाथोकी, देवीमाया श्रेष्ठ र उनकी पाँचवर्षीया छोरी इन्दिरा रहेको बताइएको छ ।