
धरान /सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान पार्टीले गरेको एक दिने बन्द बिहिबार साँझबाट खुलेको छ । बन्द खुलेपछि जनजीबन सामन्य हदै गएको छ ।
संविधान संशोधन प्रस्ताव अपुरो रहेको र लिम्बुवानको माग नसमेटिएको भन्दै लिम्बुवान पार्टिले बिहिबार अरुणपुर्बका ९ जिल्ला बन्दको अह्वान गरेको थियो । बन्दका कारण जनजीबन प्रभाबित बनेको थियो ।बन्दका कारण उद्योग कलकारखाना तथा शैक्षिक संस्था समेत प्रभाबित भएका थिए ।
संसदमा दर्ता भएको शंविधान संसोधन प्रस्ताव अपुरो रहेको तथा झापा मोरङ र सुनसरीलाई टुक्र्याउने षडयान्त्र सुरु भएकोले त्यसको विरोधमा आफुहरु १ दिन बन्द सगै सडक आन्दोलनमा होमिएको लिम्बुवान पाटीका केन्द्रिय महासचिव प्रेम थाम्सुङ लिम्बुले बताए ।
महासचिव थाम्सुहाङले नया संविधान लिम्बुवान विरोधी भएको भन्दै यसको संशोधन भन्दा पनि पुनर लेखन गर्नु पर्ने बताए ।