पाँचथर/फालेलुङ गाउँपालिका–६, तप्पेका टिकादेव राईलाई वर्षभरी पुग्ने खाद्यान्ह र दैनिक उपभोग्य वस्तुको जोहो गर्ने चटारोले छोएको छ यतिबेला । जसको लागि करीब ५० किलोमिटर टाढाको भारतीय बजार मानेभञ्ज्याङ पुग्नुपर्छ । वर्षाको सिजनमा पहाडको कच्चि सडकमा सवारी साधन चल्दैनन् ।
त्यसैले मनसुन सुरु हुनु पूर्व नै सबै सामग्रीको जोहो गरिसक्नुपर्ने टिकादेवले बताए ।टिकादेव मात्र होइन उत्तरपूर्वी पाँचथरको फालेलुङ गाउँपालिकाको माथिल्लो क्षेत्रका नागरिक वर्षौंदेखि भारतीय बजारको भरमा दैनिकि चलाउँन बाध्य छन् । सो क्षेत्रको तप्पे, डढेली, सुकेटार, भुसुने, मैदाने, कात्तिके, माँझखर्क र छेउखर्कका लगायतका नागरिक यसरी भारतीय बजारको भर पर्नुपरेको हो ।
सदरमुकाम फिदिम सँग हालसम्म पनि सहज यातायात सेवाको पहुँचमा जोडिन नसकेको सो क्षेत्रका स्थानीय भारतीय बजार नपुगे भोकै बस्नुपर्ने अवस्था आउँने बताउँछन् ।सो क्षेत्रका स्थानीयले भारतीय बजार मानेभञ्ज्याङ बाट तुम्लिङ, मेक्मा, जौबारी, कालापोखरी, बिखे देखि नेपाल–भारत सिमावर्ती सन्दकपुर हुँदै खाद्यान्ह देखि सम्पूर्ण आवस्यक सामग्री नेपाल त्रित्र्याउँने गरेका छन् । ‘मानेभञ्ज्याङ बाट भारतीय रुपैंयाँ पाँच हजारमा ल्याण्डरोभर गाडि रिजर्भ गर्न सकिन्छ’ टिकादेवले भने । तर सदरमुकाम फिदिमबाट भने गाडी पु¥याउँनै कठिन हुने उनले बताए । यसरी भारतीय बजारबाट सामान ल्याउँदा न्यूनतम मूल्यको चामल प्रतिकिलो ५० रुपैंयाँ र नुन प्रतिकिलो २५ रुपैंयाँमा घर पु¥याउँन सकिने अर्का स्थानीय चन्द्रबीर राईले बताए ।
बर्षामा गाडि नचल्ने र सिमापारिबाट पटक–पटक सामान ल्याउँन झन्झटिलो हुने भएकाले हरेक वर्ष मनसुन सुरु हुनुपूर्व वर्षभरीलाई पुग्ने सामान ल्याउँने गरेको मचिन्द्रको भनाइ छ । ‘यो भेगका सबैले यसै गर्छन्’ उनले भने ।जङ्गल बढी र अत्यन्तै पातलो वस्ती भएको सो क्षेत्रका स्थानीयको मूख्य आम्दानीको स्रोत पशुपालन र तरकारी खेती हो । गोठमा पालेका गाईको ओलनबाट छुर्पी बनाउँने उनीहरु आफूले उत्पादन गरेको वस्तुलाई पनि सिमापारि नै निर्यात गर्दै आएका छन् । त्यहाँका किसानले उत्पादन गर्ने टमाटर र आलु पनि भारतीय बजार नै लैजानुपर्ने तप्पेका मचिन्द्र राईले बताए । उताका ब्यापारी सँग वस्तु विनिमय समेत हुने उनको भनाइ छ ।
सुरुमा तल्लो क्षेत्रका विभिन्न वस्तीबाट गोठ बस्न माथिल्लो क्षेत्र जाने क्रममा ती गोठहरुले हाल आएर साना–साना वस्तीकै रुप लिएको पर्या–पर्यावरणको क्षेत्रमा सक्रिय संस्था दीपज्योति युवा क्लव सिदिनका जीवन राई बताउँछन् । जिल्ला सदरमुकाम र अन्य नेपाली बजारबाट समेत टाढाको दुरीमा रहेकाले सो क्षेत्रका स्थानीय पहिल्यै देखि भारतीय बजारमा आस्रित हुनुपरेको उनले बताए । आफ्नै लगानिमा सडक आफूहरु यातायात सेवाको पहुँचमा पुग्न सो क्षेत्रका स्थानीयले आफ्नै लगानिमा मोटरबाटो समेत खनेका छन् । फालेलुङ–५, रानाभञ्ज्याङ भन्ने ठाउँसम्म पहिले नै मोटरबाटो भए पनि त्यहाँबाट भने मान्छेले बोकेरै सामान ओसार–पसार गर्नुपर्ने बाध्यता थियो । वि.सं.२०६४ सालबाट भने स्व–लगानिमा मोटरबाटो खन्न थालिएपछि अहिले त्यो बाध्यता हटेको तप्पेकी अमृता राईले बताइन् । त्यहाँका ४० घरले हालसम्ममा सडकको लागि तीन सय ६४ दिनका दरले श्रमदान गरेको अमृताको भनाई छ ।
चलनचल्तीमा रहेको प्रतिदिन प्रतिव्यक्ति छ सयले हिसाब गर्दा ८० लाख जतिको सडक खनिएको टिकादेवले बताए । अहिलेसम्म राज्यको एक पैशा सहयोग बिना त्यतिको सडक खनिएको बताउँदै उनले उक्त सडकको स्तरोन्नतीका लागि आगामी दिनमा राज्यले आफूहरुलाई सहयोग गर्नुपर्ने माँग राखेका छन् ।