धरान/गत साता सुनचाँदीको भाउ रू. ३ सयले घटेको छ । आइतवार रू. ५४ हजार ८ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार घटेर रू. ५४ हजार ५ सयमा किनबेच भएको हो । साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ५६ दशमलव ५० डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ३ रुपैँया ३९ पैसा रहेको छ । गत साता चाँदीको भाउ भने रू। १५ ले घटेको हो ।

सोमवार, मङ्गलवार र बुधवार सुनको मूल्य स्थिर रहेको थियो । बिहीवार मूल्यमा रू. १ सयको कमी देखिएको थियो । शुक्रवार सुनको मूल्य रू. २ सय घटेर रू. ५४ हजार ५ सयमा किनबेच भएको हो । आइतवार रू. ७ सय ६५ मा किनबेच भएको चाँदीको मूल्य साताको अन्तिम दिन घटेर रू. ७ सय ५० पुगेको हो । गत हप्ताको सुन चाँदीको मूल्य प्रतितोलामा