Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

alt
  • असार ११, २०७५
  • ब्लाष्ट खबर

 चितवन,  (रासस) । पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताउनुहुन्छ । अहिले ११ः३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो । लगत्तै पुनः पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै सञ्चालनमा ल्याइएको थियो । यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भयो । अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य अहिलेसम्म चार/पाँच पटक पहिरो खसिसकेको बताउनुहुन्छ । पहिरो हटाएर सडक खुल्ने बित्तिकै पुनः पहिरो खस्ने क्रम दोहोरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २ः३५ बजे पहिरो खसेको थियो । सोही सडकखण्ड अन्तर्गत पाँच किलो, जलबिरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो । पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन । पहिरो रोक्ने प्रयास पनि सफल हुनसकेको छैन ।

सम्बन्धित समाचार
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप

इटहरी । सुनसरीका केही स्थानमा मात्र देखापरेको लम्पी स्किन सङ्क्रमण पछिल्लो ...

सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु

राजविराज । सप्तरीको रूपनी गाउँपालिका–२ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर् ...

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको लहान–३ अस्पताल चोकबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप
सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
आजको राशिफलः २०८२ साल साउन ११ गते आइतबार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
आजको राशिफलः २०८२ साल साउन ८ गते बिहीबार
कोशी प्रदेशमा एक बर्षमा झण्डै २७ हजार केजी गाँजा बरामद
धरान–चतरा खण्डको दुई खोलाका पुल सुचारु
रोटरी क्लबको पदस्थापन सम्पन्न
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
महानगरको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved