धरान / आमचोक सरोकार समाज सुनसरीले भोजपुरस्थित आमचोक गाउँपालिका बालाङ्खामा बन्दैं गरेको पर्यटकीय गन्तव्य पाडुले पोखरी निर्माणका लागि ५७ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग जुटाएको छ ।
करिव २५ लाख खर्चमा बन्न्दै गरेको इतिहास बोकेको पाडुले कुकुरसहितको पोखरी र पार्क निर्माणका लागि केही रकम अपुग भए पछि समाजले संगलन गरेर पठाएको हो ।
आपचोक थातथलो भएर विभिन्न स्थानमा बस्दैं आएकाहरुले उक्त सहयोग गरेका हुन । पाडुले पोखरी बनाउन सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईबाट ७ हजार, धरान बसोबास गर्ने देबेन्द्र कार्की, विश्वराम कार्की, राजेन्द्र राई, देवराज राई, दिनेश राई, मणीराज राई, उत्तम राई, प्रदिप राई,भूवन बस्नेतबाट ५÷५ हजार र काठमाण्डौ बस्दै आएका तीजबहादुर बस्नेतबाट छ हजार ५ सय ५ रुपैया सहयोग गरेको समाजका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।
समाजका उपाध्यक्ष देवराज राईले गत सोमबार गाउँपालिका अध्यक्ष अशोक राईलाई उक्त नगद हस्तान्तरण गरेका छन् । गाउँपालिकाको १५ लाख र अन्य सहयोगीबाट गरि २५ लाख लागतमा पोखरी र पार्कको निर्माण भइरहेको छ ।