भद्रपुर । ट्राफिक प्रहरीलाइ घूस दिएको आरोपमा झापामा एक ट्रक चालक पक्राउ परेका छन् ।

ना २ ख ८३६० नम्बरको ट्रकका चालकसहित आफै धनी समेत रहेका अर्जुनधारा नगरपालिका ५ का ३१ वर्षीय उमाकान्त राजवंशीले सोमबार बिहान भद्रपुरस्थित प्रहरी कार्यालय झापा अगाडि सवारीसाधन चेकजाँचको क्रममा ट्राफिक प्रहरीलाई खाजा खान भनी पाँच सय रुपैयाँ घुस दिएका थिए । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीमा कार्यरत प्रहरी जवान राजु राजवंशीलाई घुस दिन खोजेपछि ड्यिुटीमा खटिएको प्रहरी टोलीले चालक राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडबाट भद्रपुरतर्फ गइरहेको ट्रक चालक राजवंशीले ट्राफिक प्रहरीले रोक्न भन्दा अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चालकले खाजा खानकै लागि किन ट्राफिक प्रहरीलाई घूस दिएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । सम्पूर्ण कागजात ठिक हुदा हुदै के कारणले घूस दिएका हुन सो विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।