काठमाडौं / ३३ केजी सुन तस्करी प्रकरणमा विवादमा आएका उच्च अदालत विराटनगरका न्यायाधिश उमेश सिंह बर्खास्तमा परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । उनीसँगैं उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको समेत बढुवा रोक्का भएको छ । कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएपछि दुई वर्षसम्मका लागि उनीहरुको बढुवा रोक्का गर्ने निर्णय भएको हो । सिंहलाई सुन तस्करी गर्नेहरुको पक्षमा विवादस्पद निर्णय गरेको आरोप लगेको थियो ।
यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको घट्नामा संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटिएको थियो । उनीहरुलाई सुन तस्करीको अभियोगमा मुद्दा खेपेका आरोपितलाई न्यून धरौटीमा छुटेको आरोप थियो । त्यही आरोपमा छानविन भइरहेको थियो ।