ब्लाष्टखबर । इटहरी २० तरहरामा बजारबाट किनेर लगेकाे रूख कटहर खादा दश जना  बिरामी परेका छन् । 

बिरामी हुनेमा स्थानीय ७७ बर्षीया नर्बदा रेग्मी, ५४ बर्षीया सीता सुवेदी, ७० बर्षीया साबित्रा चौलागाईँ, ४९ बर्षीय कुमार पोखरेल, ४५ बर्षीया कमला रेग्मी, २४ बर्षीय विशाल रेग्मी, १७ बर्षीय सुमन रेग्मी, १३ बर्षीया प्रकृति चौलागाईँ, ११ बर्षीय साईमन रेग्मी, १० बर्षीया साईमना रेग्मी रहेका छन् । 

केहि समय अगाडि स्थानिय व्यापारी प्रकाश चाैधरीबाट खरीद गरी ल्याएकाे कटर खाएर  बिरामी परेका उनिहरकाे नोबेल अस्पताल बिराटनगर र स्थानीय अस्पतालमा उपचार भईरहेको छ । 

विषादी प्रयाेग भएकाे कटहर खाएर बिरामी भएपछि त्यस्ता बिषादियुक्त फलफूलहरकाे खरीद बिक्री भइरहेकाे जानकारी गराउदा पनि त्यस्ता व्यापारीहरूलाइ नियन्त्रणत तथा बजार अनुगमन नभएकाे  स्थानियकाे गुनासाे छ ।

आफ्नाे वडामा विषादियूक्त फलफूल खाएर एक साता देखी जना मानिसहरू बिरामी भएकाे घटना थाहाँ पाए पछि आफूले इटहरी उपमहानगरपालिकामा जानकारी गराइसकिएको  इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।