बिराटनगर/ १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानबाट मङ्गलबार लागूऔषधसहित ४ जनालाई पक्राउ गरिएको छ ।

झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट कमल गाउँपालिका-५ का २२ बर्षीय शिव कुमार सदा र कमल गाउँपालिका-६ का २४ बर्षीय प्रकाश गजमेरलाई डाईजोपाम-८ एम्पुल, फेनारगन -८ एम्पुल र लुपीजेसिक -८ एम्पुल सहित पक्राउ गरिएको हो भने मोरङको उर्लावारी नगरपालिका-१ बाट लुपिजेसिक-१ एम्पुल, फेनारागन-१ एम्पुल, डाईजेल्याब-१ एम्पुल र नगद ८७,७४० सहित उर्लावरी नगरपालिका-१ का २० बर्षीय सुनिल बि.क. पक्राउ परेका छन् ।

यसैगरी सुनसरीको बराह नगरपालिका-१ का २२ बर्षीय आशिष राई स्पासमोप्रोक्सीबन प्लस नामक लागूऔषध २४७ ट्याब्लेट र २०० ग्राम गाजासहित पक्राउ परेका छन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।