धरान । जुवाकाे खालबाट इटहरी उपमहानगपालिका वडा नम्बर १५ का वडा अध्यक्ष श्रवणकुमार चौधरी पक्राउ परेका छन् ।
दुहवी नगरपािलका वडा नम्बर १२मा रहेकाे गंगा चौधरीको घरमा जुवा खेलिरहेकाे अवसथामा वडा अध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० बर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावलालाई नगद रू २ लाख सहित पक्राउ गरेकाे हाे ।
उनीहरूलाई गाेप्य सुचनाका अाधारमा छापामरी पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।