ब्लाष्टखबर । धरान उपमहानगरपालिका वाडा नम्बर ८ तिनकुनेमा  प्रहरी चेकिङका क्रममा मोटरसाइकल छोडेर भाग्न खोन्दा खैरो हेरोइनसहित प्रहरीले  दुई जनालाई  पक्राउ गरेको छ ।

बुधबार राती इटहरीबाट धरानतर्फ आइरहेको बा ४२ प २९७३ नम्बरको मोटसाइकल राेकी चेकजाच गर्न खाेज्दा माेटरसाइकल चालक र पछाडी सवार  उदयपुर त्रियुगा नगरपालिका  १०  बस्ने बर्ष २० को पुकार पौडेल र पछाडी बसेका साेहि ठाउँका  बर्ष १९ को सुवास बि.क. भाग्न खाेजे पछि प्रहरीले उनिहरूलाई नियन्त्रणामा लिई थप चेकजाच गर्दा  उनिहरूकाे साथबाट ५२ ग्राम ( दुई पाेकाे)  खैरो हिरोइन,
नोकिया मोबायल १ थान, एम आई मोबायल १ थान  र  नगद रु. २६ हजार फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

पक्राउ परेका  दुबैलाई  लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।