सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई  इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका –९ घर भएका इटहरीको सेन्टर प्लाजामा रहेको सुवासा इन्स्टिच्युटका मेनेजर ३० बर्षीय सन्तोष बिष्टले मोरङ कै एक युवतीलाई आफ्नो कार्यालयको म्याविनमा बोलाएर करणी गरेको प्रहरीले जनाएको छ ।

घट्ना असार १६ गते भएको पीडित युवतीको जाहेरीको आधारमा असार १८ गते बिष्टलाई पक्राउ गरेको हो । पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रका इटहरीले जनाएको छ ।