भोजपुर/ भाेजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच आज बिहान भिडन्त भएको छ ।
भिडन्तमा एकजना प्रहरी र एकजना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा विप्लव समूहका कार्यकर्ता निरकुमार राई र प्रहरी जवान सन्दीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।
भोजपुर बजार नजिकै रहेको हटिया क्षेत्रमा गएको प्रहरीलाई लुकेर बसेका विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । विप्लव कार्यकर्ताको गोली प्रहारबाट प्रहरी घाइते भएपछि प्रहरीले फायर खोलेका थिए । दुवैजनाको शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।