उर्लाबारी /आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको जम्मु–कास्मिरमा लैजाने क्रममा स्थानीय १० जनालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

सुनसरीको घुस्की नाकाबाट उद्धार गरिएकाहरुमा दुई युवती र आठ युवक छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनसरी प्रहरीसँगको समन्वय गरेर भारत लैजाने क्रममा बिहीबार उद्धार गरेको हो । उर्लाबारी नगरपालिका–४ घर भएका उनीलाई शुक्रबार अभिभावकको जिम्मा लगाएर पठाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार मासिक भारतीय १७ हजार रुपैयाँ पाईने प्रलोभनमा पारेर सबै जनालाई सामुहिक रुपमा जम्मु–कास्मिर लैजान लागिएको बताएका छन ।

प्रहरीले कास्मिर लैजान खोज्ने तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराव, उनकी श्रीमती ४५ वर्षीय फूलकुमारी उराव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी रहेका छन् ।