धरान / धरान–६ स्थित एक बालिकालाई बलात्कार गर्ने धरान–६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले गत असार २९ गते कार्की कै कोठा लगि ललाई फकाई बलात्कार गरेको उजुरी पीडितबाट हिजो इलाका प्रहरी कार्यालय धरानमा परेको थियो । उजुरीका आधारमा हिजै कार्कीलाई पक्राउ गरि आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इप्रका धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।