विराटनगर /  १३ लाख ५० हजार रूपैयाँ चोरी गरी फरार भएका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई सोमबार बिराटनगर १ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान स्यामसुम कम्पनीको मोबाईल समेतबरामद गरिएको थियो । पक्राउ परेका कामतमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।