धरान/अवैध रूपमा मिक्सगिट्टी उत्खनन् गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीले जेसिबी र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले केराबारी गाउँपालिका–७ खदमखोलाबाट को १ त ५९०९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । त्यस्तै लेटाङ नगरपालिका–३ चिसाङ खोलाबाट अनटेष्ट लेखिएको जेसिबी मङ्गलबार नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।