ब्लाष्टखबर । धनगढी र काठमाडौंबाट नक्कली नोट र छपाइ मेसिनसहित पक्राउ परेका ७ जना नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का सहित भातिय नागरीकहरू भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडा रहेका छन् ।
उनिहरूकाे साथबाट नेपाल तथा भारतका नक्कली नाेटसहित खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर प्रहरीले बरामद गरेकाे छ ।