देउराली । ब्रिटिस गोर्खा एरिया वेलफेयर सेन्टरमा जागीर लगाइदिन्छु भन्दै  १२ हजार ठगी गर्दै गर्दा धरानमा एक व्याक्ती पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएकाे टाेलीले बिहिबार धरान उपमहानगरपालिका ५ की खुसुमाया मग्रातीबाट नगद १२ हजार लिदै गरेकाे अवस्थामा खोटाङ जिल्लाकाे हलेसी तुवाचुङ नगरपालिका-२ घर भएका वर्ष ३५ का  सम्बर बहादुर राईलाई पक्राउ गरेकाे छ ।

ब्रिटिस गोर्खा एरिया वेलफेयर सेन्टर जिरीखिम्तीकाे कार्यालय सहयोगी भएकाे बताउने राइले मग्रतीकाे श्रीमानलाई  जिरीखिम्ती शाखामा सवारी चालककाे जागीर लगाइदिने भन्दै २५ हजार रूपैयाँ माग गरेकाे र  १३ हजार शुक्रबार दिने सतर्मा बिहिबार १२ हजार लिदै गर्दा पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए । 

पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको  न्याैपानेले बताएका छन् ।