भद्रपुर । झापाको माईखोलामा अवैधरूपमा गिट्टी, बालुवा उत्खनन् गरेको अवस्थामा ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा उत्खनन् स्थलबाट ट्याक्टरसहति चालकलाई नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए ।
मे.१ त ५८७१ नम्बरको ट्याक्टरमा खोलाको गिट्टी, बालुवा उत्खनन् गरेको अवस्थामा फेला पारी ट्याक्टर चालक दमक–१० का २३ वर्षीय राजकुमार सदालाई आवश्यक कारबाहीका लागि शिवशताक्षी नगरपालिका कार्यालय पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
चुरे संरक्षणका लागि सरकारले असारदेखि भदौसम्म नदी तथा खोलाबाट नदीजन्य सामग्री उत्खनन् गर्न नपाउने कानून ल्याए पनि झापाका मेची, निन्दा, हडिया, बिरिङ, कन्काई, मावालगायतको नदी तथा खोलामा लुकीछिपी अवैध रूपमा नदीजन्य सामग्रीको उत्खनन् जारी छ ।